Harsamaya
 पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - आज देशका पाँच प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update