Harsamaya
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग
सिन्धुपाल्चोक कांग्रेसका नेता तथा कार्यकर्ता।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक कांग्रेसले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा उद्धारका लागि ६ लाख ९१ हजार ४१२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सिन्धुपाल्चोक कांग्रेसले पार्टीका सदस्य तथा शुभेच्छुकबाट रकम संकलन गरेको थियो।

संकलित उक्त रकम मंगलबार काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्शेर राणामार्फत सिन्धुपाल्चोक कांग्रेसले संकलन गरेको रकम जिल्ला सभापति जंग बहादुर लामासहितको टोलीले हस्तान्तरण गरेको थियो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update