पुष २२: तीन जना मन्त्रीहरुको राजीनामा देखि निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय सम्म
मंगलबार, पुस २२, २०८२
उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन
मंगलबार, पुस २२, २०८२
पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् । यसअघि काँग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो...
काँग्रेसका उपसभापति निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले गरे निन्दा
मंगलबार, पुस २२, २०८२
झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ । तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा काँग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
मंगलबार, पुस २२, २०८२
भारत र श्रीलङ्कामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली छन् ।
धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय
मंगलबार, पुस २२, २०८२
सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरूले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी
मंगलबार, पुस २२, २०८२
उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्न माग
मंगलबार, पुस २२, २०८२
अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रचण्डको दाबी - राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति भएको छैन
मंगलबार, पुस २२, २०८२
प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे ।
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
मंगलबार, पुस २२, २०८२
मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
सुशीला कार्कीले मागिन् तीन मन्त्रीको राजीनामा
मंगलबार, पुस २२, २०८२
उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति भएका छन् ।
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने
मंगलबार, पुस २२, २०८२
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए । कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए ।
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने
मंगलबार, पुस २२, २०८२
मंगलबार आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ ।
बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं
मंगलबार, पुस २२, २०८२
प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।
साताको लोकप्रिय

