स्वदेश फर्किए देउवा दम्पती
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
कात्तिक २८ : दिनभरका घटनाक्रम एक नजरमा
शुक्रबार, कात्तिक २८, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
शुक्रबार, कात्तिक २८, २०८२
मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन
शुक्रबार, कात्तिक २८, २०८२
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने
शुक्रबार, कात्तिक २८, २०८२
हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
शुक्रबार, कात्तिक २८, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।
जेनजीले प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप
शुक्रबार, कात्तिक २८, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ ।
निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
शुक्रबार, कात्तिक २८, २०८२
प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ
शुक्रबार, कात्तिक २८, २०८२
विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
साताको लोकप्रिय

