Harsamaya
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बस्ने छ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउने र निर्णय गर्ने छ। यसअघी पार्टीको बैठक हिजो पनि बसेको थियो। अन्य दलसँग तालमेल गरेर राष्ट्रिय सभा निर्वाचन लड्ने निष्कर्श सहित बैठक सम्पन्न भएको थियो।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update