कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग
सोमबार, भदौ २२, २०८३
उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
अनुशासन उल्लङ्घन र पार्टी छाडेकाबाहेक सबैले १५औँ महाधिवेशनमा भाग लिन पाउने
आइतबार, भदौ २१, २०८३
सोमबार बस्ने बैठकमा छलफल गरी प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयमा समेत सुझाव दिने तयारी कांग्रेसको छ।
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल (भिडियोसहित)
मंगलबार, भदौ १६, २०८३
नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकताबारेको विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ ।
कांग्रेस सांसदले बाढीपीडितका लागि आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने
सोमबार, भदौ १५, २०८३
उनले भनिन्, ‘सबै माननीयज्यूहरूबाट राहत स्वरूप आधा महिनाको आफ्नो पारिश्रमिक, भनौं यो आधा महिनाको तलब चाहिँ पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेका छौं ।’
संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ : प्रकाशशरण महत (भिडियोसहित)
आइतबार, साउन ३१, २०८३
नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तेस्रो दिन पार्टीको नीति तथा कार्यदिशासम्बन्धी कार्यपत्रमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै नेता महतले संविधान पारित गरेर स्वीकार गरे पनि त्यसमा लेखिएका सबै कुरा पार्टीको अन्तिम दृष्टिकोण हुन नसक्ने स्पष्ट पारे ।
देउवाको अभिभावकीय भूमिकाले पार्टी एकता थप मजबुत हुने कांग्रेस नेताहरूको विश्वास
बिहीबार, साउन २८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।
कोशी सरकारबाट कांग्रेसका ४ मन्त्री र एक राज्यमन्त्रीको सामूहिक राजीनामा
बुधबार, साउन २७, २०८३
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग (भिडियोसहित)
मंगलबार, साउन २६, २०८३
घटनाको निष्पक्ष छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
ग्यास र मलको सहज आपूर्तिसहित महँगी नियन्त्रण गर्न कांग्रेसको माग (भिडियोसहित)
सोमबार, साउन २५, २०८३
खेतीपातीको समयमा रासायनिक मलको चरम अभाव भएको भन्दै कांग्रेसले मल आपूर्ति प्रणाली व्यवस्थित गर्न सरकारसँग माग गरेको छ। मल अभावका कारण भविष्यमा खाद्य संकट निम्तिन सक्ने जोखिम रहेको कांग्रेसको भनाइ छ।
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित)
सोमबार, साउन १८, २०८३
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए ।
निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह
शनिबार, साउन १६, २०८३
शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल पुर्जा सम्पर्कविहीन रहेको समाचारले पार्टी अत्यन्त चिन्तित र मर्माहत भएको उल्लेख गरिएको छ।
लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
मंगलबार, साउन १२, २०८३
सांसदीय दलको कार्यालयको लेटरहेडमा जारी संयुक्त राजीनामा पत्रमा पाँचै मन्त्रीको हस्ताक्षर रहेको छ। राजीनामापछि लुम्बिनी प्रदेश सरकारको नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।
मल अभावले किसान जेलमा पुग्नु सरकारको असफलता - कांग्रेस
मंगलबार, साउन १२, २०८३
कानुनी र व्यवहारिक माध्यमबाट तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

