Harsamaya
कांग्रेसको २४ जिल्लामा अधिवेशन सम्पन्न
संयोजक शशांक कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशन सम्पन्न भएका जिल्लामा संखुवासभा, भोजपुर, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, दैलेख, दार्चुला, सल्यान, धनुषा, चितवन, प्युठान, कपिलवस्तु, पर्वत, म्याग्दी, रोल्पा, बारा, झापा, कास्की, सिन्धुपाल्चोक र बझाङ रहेका छन् ।

निर्वाचित जिल्ला सभापतिहरूमा संखुवासभाका रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, हुम्लामा सुर्यबहादुर शाही, जुम्लाका नेत्रकला शाही निर्वाचित भएका छन् । यस्तै,  मुगुका तिलक मल्ल, रुकुम पश्चिमका नन्दबहादुर विष्ट, कालिकोटका नगेन्द्र विष्ट, डोटीका बाजीसिंह खड्का, बैतडीका वीरबहादुर बिष्ट, दैलेखका दिनेशकुमार हमाल, दार्चुलाका सुरेन्द्र अवस्थी, सल्यानका दीपक चन्द, काभ्रेमा  जिल्ला सभापतिमा निर्वाचित भए ।

 यता,  धनुषाका कोमलकान्त झा, चितवनका मिलनबाबु विष्ट, प्यूठानका देवेन्द्र बर्मा, कपिलवस्तुका राजेश सिंह, पर्वतमा यमबहादुर मल्ल, म्याग्दीका हिराबहादुर पुन, रोल्पाका मानबहादुर खत्री, बाराका राजेशराय यादव, झापाका कृष्ण हुँमागाई, कास्कीका ऋषिलाल काफ्ले, सिन्धुपाल्चोकका बालकृष्ण बस्नेत र बझाङका हर्कजंगबहादुर सिंह सभापति भएका छन् । 

काँग्रेसले कातिक २१ सम्म जिल्ला अधिवेशन गरिसक्ने बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update