काठमाडौंको न्यूनतम तापक्रम ३.५ मा झर्यो
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
दिउँसो काठमाडौंको अधिकतम तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
मंगलबार (हिजो) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो ।
हिजो बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो ।
बिहान पौने ६ भन्दा पौने ९ बजेको तापक्रम कम हुन्छ । विभागले पौने ९ बजेको तापक्रमलाई आधिकारिक मानेर रेकर्डमा राख्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ ०६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

