Harsamaya
तराईका अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
फाइल फोटोः हर समय/harsamaya

काठमाडौं- आज पनि तराईको अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र जनजिवन प्रभावित हुने देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती पनि तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update