Harsamaya
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते गर्ने जानकारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।

कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो। त्यसपश्चात् विभिन्न दल र नेता नेकपामा जोडिने क्रम जारी छ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update