Harsamaya
रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा  १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । 

भारत र श्रीलङ्कामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली छन् ।

नेपालको सबै खेल भारतको वान्खडे रङ्गशालामा हुनेछ ।  टिममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोम पाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम रहेका छन् । नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update