Harsamaya
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो ।

तालमेलपछि क्लष्टरसहित उम्मेदवारको चयन बुधबार बस्ने बैठकले तय गर्ने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए । कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update