Harsamaya
प्रचण्डको दाबी -  राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति भएको छैन
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन् । 

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गर्नुभएको हो । उहाले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे । 

यस्तै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसंग गठबन्धन नहुने स्पष्ट पारे । रवि लामिछानेलाई आफुले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा पनि दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि र बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको  बताए । 

प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे । 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update