काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै निन्दा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै रास्वपा प्रवक्ता झाले नेतृत्वमा नयाँ पुस्ताले दाबी गर्नु स्वाभाविक भएपनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन् । आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिसँग नोकझोक भएको थियो ।
झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ । तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा काँग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’

