Harsamaya
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा काँग्रेस कार्यकर्ताहरूले कोटेश्वर चोकमा प्रदर्शन गरेका छन् । 

पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् । यसअघि काँग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update