आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
मंगलबार, माघ १, २०८१
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

अमेरिकी डलरको भाउ बढ्यो
मंगलबार, माघ १, २०८१
अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेप्से परिसूचक १५ अंकले घट्यो
सोमबार, पुस २९, २०८१
आज विभिन्न तीन सय २२ कम्पनीका एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता सेयर ६४ हजार दुई सय ७८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६५ करोड आठ लाख ८३ हजार बराबरको कारोबार भएको छ ।

अभ्यास खेलमा नेपाल नौ रनले पराजित
सोमबार, पुस २९, २०८१
नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

'भार मापनमा लापर्बाही गर्दा दुम्कीबासको पुल भाँचियो'
सोमबार, पुस २९, २०८१
भारवहन नियमन सम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणित कागजात लिएर हिड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालवाहक सवारी साधनको निर्बाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको छ ।

देवी प्रतिभा फेरि नेपाल आइपुगिन्
सोमबार, पुस २९, २०८१
प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसारभर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रूपमा पर्छिन्।

अमेरिकाले आगो निभाउन खटायो कैदी, राम्रो गर्नेलाई १० डलरसम्म तलब
सोमबार, पुस २९, २०८१
आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।

कुनै दल फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री
सोमबार, पुस २९, २०८१
तत्कालीन समयमा विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरूले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन : पराराष्ट्र मन्त्री राणा
सोमबार, पुस २९, २०८१
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन् ।
साताको लोकप्रिय