काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
कम उम्मेदवारी दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ ।
सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो

