Harsamaya
बालकोटस्थित फर्मलाई ५० हजार जरिवाना, १२ स्थानलाई सुधारात्मक निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।

काठमाडौँ - बजारमा उपभोक्ता हित र कानुनी मापदण्ड सुनिश्चित गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई थप कडा बनाएको छ । सोही क्रममा विभागले भक्तपुरको सूर्यविनायक–२, बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रा.लिलाई रु ५० हजार जरिवाना गरेको छ । 

विभागका अनुसार अनुगमनका क्रममा सो फर्ममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि फेला परेपछि कानुनअनुसार कारबाही गरिएको हो । यससँगै विभागले अन्य १२ वटा फर्ममा पनि स्थलगत निरीक्षण गर्दै आवश्यक सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

विभागले बजारलाई स्वच्छ, पारदर्शी र उपभोक्ता–मैत्री बनाउने उद्देश्यका साथ नियमित रूपमा अनुगमन र निरीक्षण गर्दै आएको स्पष्ट पारेको छ । स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा गरिएको यस्तो अनुगमनले बजारमा अनुशासन कायम गर्न सहयोग पुग्ने विभागको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update