Harsamaya
 काँग्रेस नेता भूपेन्द्र जङ्ग शाहीले दिए स्वतन्त्र उम्मेदवारी 
काँग्रेसका युवा नेता भूपेन्द्र जङ्ग शाही ।

 सुर्खेत - काँग्रेसका युवा नेता भूपेन्द्र जङ्ग शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कालिकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । काँग्रेसले हर्षबहादुर बमलाई टिकट दिएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

काँग्रेस सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमा सहयोग गरेको भन्दै शाहीलाई पाखा लगाएका हुन् । नेविसंघको राजनीतिकदेखि नै सम्बन्ध सुमधुर नभएका कारण काँग्रेस सभापति थापाले शाहीलाई टिकट नदिएको उनी निकट नेताहरू बताउँछन् । पार्टीको केन्द्रीय सभापति बन्दासम्म पनि विगतको विद्यार्थीकलाको असहमतिलाई सम्झेर थापाले आफूलाई निषेधको काम गरेको उनले बताए । उनी शेखर कोइराला निकट नेता हुन् ।

यहाँ नेकपाभित्र पनि महेन्द्रबहादुर शाही विरुद्ध जीवन बुढाले बागी उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र एमालेबाट नगीन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै रास्वपा बाट प्रकाश न्यौपाने उम्मेदवार छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update