Harsamaya
काँग्रेस सभापति थापाले गरे सर्लाही क्षेत्र नं ४ मा उम्मेदवारी  दर्ता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

सर्लाही  - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्र प्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेका हुन् । 

 यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रवि शङ्कर कुशवाहकले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update