Harsamaya
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सर्लाहीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारी वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ
सर्लाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ प्रहरीलाई देखेपछि युवकहरूले फालेको झोला भित्रबाट पाँच वटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’
सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, ‘बहुविवाहलाई प्रोत्साहन दिने कानुन सहँदैनौँ’ महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाका अनुसार महिलामाथि थप पीडा पार्ने गरी कानुन ल्याउने तयारी भएपछि देशव्यापी अभियानको भाग स्वरूप सर्लाहीमा पनि धर्ना कार्यक्रम सुरु गरिएको हो।
सर्लाहीमा राम पुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ
सर्लाहीमा राम पुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ ।
सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद,  दुई भारतीयसहित तीन पक्राउ
सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद, दुई भारतीयसहित तीन पक्राउ उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । 
कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना
कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 
पर्सामा लागू‌‌‍‍औषधसहित २ जना पक्राउ
पर्सामा लागू‌‌‍‍औषधसहित २ जना पक्राउ मोटरसाइकल चालक मुकेश र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।
Weather Update