Harsamaya
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघ बानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३ – ००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा महतो गम्भीर घाइते भएका थिए। उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले बताए। दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुलसीपुर नगरपालिका–९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update