Harsamaya
सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण
नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा ।

सर्लाही - नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरे लगत्तै सर्लाही पुगेका छन् ।

उनले सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा नं २ को मतदान केन्द्रको निरीक्षण पनि गरेका छन् ।

मतदानपछि प्रतिक्रिया दिँदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update