सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण
बिहीबार, फागुन २१, २०८२
मतदानपछि प्रतिक्रिया दिँदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।
रामेछापमा भएको गाडी दुर्घटनाप्रति काँग्रेसका सभापति थापाद्वारा दुःख व्यक्त
मंगलबार, फागुन १९, २०८२
सभापति थापाले विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह
सोमबार, फागुन १८, २०८२
उनले फागु पूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन्। शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनबाट लोकतन्त्र संस्थागत हुँदै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने उनको विश्वास छ।
बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा
शुक्रबार, माघ ९, २०८२
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान गरेको भन्दै संस्थापक नेता र यो पार्टीले त्यहीँ सिकाएको बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय: गगन थापा सभापतिमा सर्वसम्मत चयन
बिहीबार, माघ १, २०८२
नेपाली कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु गरेको छ। काठमाडौँमा सम्पन्न पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध चयन भएका हुन् ।
सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा
बुधबार, पुस ९, २०८२
त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।
जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू
बुधबार, मंसिर २४, २०८२
जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू
मतदाता नामावली दर्ता गर्न महामन्त्रीद्वयको परिपत्र
शुक्रबार, कात्तिक ७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उनले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।
दुई विकल्पसहित गगन थापाले पेस गरे मङ्सिर २७–२९ मा महाधिवेशन प्रस्ताव
शुक्रबार, असोज ३१, २०८२
उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् । पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता
बुधबार, असोज ८, २०८२
सभापति शेरबहादुर देउवा जेनजी प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पताल भर्ना भएपछि खड्काले पार्टीको गतिविधि अगाडि बढाएका छन् । यस्तै आज नै कोइराला र महामन्त्री गगन थापाबिच पनि भेटवार्ता भएको छ ।
ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा
सोमबार, भदौ ९, २०८२
उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैनौँ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ...
कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा
सोमबार, वैशाख १५, २०८२
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात नहाल्न सुझाव दिए । उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ ।
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
सोमबार, माघ २८, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।
साताको लोकप्रिय

