Harsamaya
दुई विकल्पसहित गगन थापाले पेस गरे मङ्सिर २७–२९ मा महाधिवेशन प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर २७,२८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्य तालिका पेस गरेका छन् । उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् । पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।

 यस्तै दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । दुवै विकल्पबारे उनले स्पष्ट कार्य योजना प्रस्ताव गर्दै उल्लेखित मितिमा महाधिवेशन गर्न सकिने जिकिर गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update