Harsamaya
जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू
गगनकुमार थापा ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक गगनकुमार थापाले तल्ला तहका समितिहरूलाई परिपत्र गर्दै पार्टीको नयाँ सदस्यता नवीरकण र वितरण व्यापक र सहज ढंगबाट गर्न निर्देशन दिएका छन् । 

मंगलबार सबै जिल्लाका कार्यसमितिलाई परिपत्र पठाऊँदै महामन्त्री थापाले लेखेका छन्, ‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढङ्गले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ।’

पुस मसान्तमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका अनुसार काम गरिरहेको कांग्रेसमा हाल क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य जारी छ । 

महामन्त्रीले थापाले पठाएको परिपत्रमा निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणवाट नवीकरण सदस्यता छुट हुन गएमा छुट भएका व्यक्तिहरुको छुट्टै नामावली तयार गरी सोको निर्णय समेत २०८२ पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनु भनिएको छ । 

यसबाहेक नवीकरण गर्दा मृत्यु भएका, पाटी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारवाही गरेर निष्कासन गरेका  मात्रव होइन ‘मेरो क्रियाशील नवीकरण नगरिदिनु भनी लिखित वा मौखिक आग्रह गरेकाहरु वाहेक’ सबै सदस्यहरूको नवीकरण अनिवार्य रुपमा गर्न पनि परिपत्रमा भनिएको छ । 

‘नवीकरणका लागि योग्य व्यक्तिको कुनै कारणले नवीकरण रोकिएमा निजले सदस्यता नं. र शुल्क सहित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा निवेदन दिएमा केन्द्रीय कार्यालयबाट नै सदस्यता नवीकरण गर्न सक्ने निर्णय भएको हुँदा कसैको पनि नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्नु गराउनु होला,’ परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update