Harsamaya
गुल्मीको  तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते

गुल्मी - गुल्मीको  तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिक अप गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा ६६ वर्षीया कृष्णकुमारी अर्याल, ७२ वर्षीय डल्ले कुमाल, २५ वर्षीय विष्णु थापा, २४ वर्षीय सुनिल आचार्य, ४८ वर्षीय कमला घिमिरे, ४४ वर्षीय बालकुमारी सुनार, ३३ वर्षीय हसिना खातुन र ३३ वर्षीय हरिबहादुर पौडेल छन् ।

दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ भने घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update