राष्ट्रिय एकता र मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फर्कने निर्णयको सम्झना
मंगलबार, पुस १६, २०८१
नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।
पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउन लागेको छ ।

क्यान महासङ्घमा पहिलो महिला अध्यक्ष: सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
मंगलबार, पुस १६, २०८१
कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध...

कर्णालीमा शून्य बजेटमा गुञ्जिने देउडा खेल
मंगलबार, पुस १६, २०८१
कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।

कवि मणिकुमार श्रेष्ठको ‘अदृश्य यात्रा’ विमोचित: ५८ कविताको संग्रह
मंगलबार, पुस १६, २०८१
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्य यात्रा’ को विमोचन सहित चर्चा गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहितले सोमवार साे कविता कृतिको विमोचन गर्नु भएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नु भएको थियो । कवि श्रेष्ठको यो पहिलो...

कवि शिरोमणि लेखनाथ जन्मजयन्ती: साहित्य र स्रष्टाको सम्मान
मंगलबार, पुस १६, २०८१
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
मंगलबार, पुस १६, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
मंगलबार, पुस १६, २०८१
अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

"बिपीको मेलमिलाप नीति: राष्ट्रिय एकताको चिरस्थायी सूत्र"
मंगलबार, पुस १६, २०८१
आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । भारतमा निर्वासनमा रहनुभएका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका...

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’ - (तस्विरहरु)
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिए । सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् ।...

भालुवाङ–नर्ती सडकमा दुर्घटना रोकथामका लागि 'टाइमकार्ड' लागू
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।...

खोटाङमा नाबालिकासँग बालविवाह गर्ने युवक र आफन्त पक्राउ
सोमबार, पुस १५, २०८१
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
यही पुस८ गते बालिकासँग...

सतिघाटमा पक्की पुल अभाव : उत्तरी भोजपुरका नागरिकको दैनिकी संकटमा
सोमबार, पुस १५, २०८१
भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर, विभिन्न प्राविधिक...