मनाङबाट विजयी टेकबहादुर गुरुङले शपथ लिन नपाउने
काठमाडौं - मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार गुरुङले दुई हजार ४१५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार यशोदा सुवेदी ले ४४६ मत प्राप्त गरेकी छन्।
यद्यपि विजयी भए पनि गुरुङले सांसदको शपथ भने लिन नपाउने भएका छन्। विशेष अदालत ले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने क्रममा भएको अनियमिततामा गुरुङलाई भ्रष्टाचारको मतियार ठहर गरेको थियो।
विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला गरेको थियो। उक्त मुद्दा हाल सर्वोच्च अदालत मा विचाराधीन रहेको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ २१:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

