Harsamaya
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

रुकुम पूर्व - प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । 

सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पारे ।  

निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । 

रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।  

रुकुम पूर्व मत अपडेट :
पुष्प कमल दाहाल प्रचण्ड (नेपाली कम्युनिष्ट पार्टी) : 10,240 (विजयी)
लिलामणी गौतम (नेकपा_एमाले) : 3,462
कुसुम देवी थापा (नेपाली कांग्रेस) : 3,081
लखन कुमार थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) : 712
सन्दिप पुन (प्रगतिशील लोकतान्त्रिक पार्टी) : 186
रोपण शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) : 73
ज्योति रोका मगर (मंगोल नेशनल अर्गनाइजेसन) : 54
धर्म कुमार बुढा (नेशनल रिपब्लिक नेपाल) : 48 
जुद्ध बहादुर बुढा मगर (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) : 40
चन्द्र प्रसाद शाही (राष्ट्रिय जनमोर्चा) : 29
सिर बहादुर बुढा (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) : 5

जम्मा मतदाता : ३४७७२ (१७५८२ पुरुष र १७१९० महिला)

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update