Harsamaya
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ ।

मनाङ - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । 

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाएका छन् । 

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो ।

यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए । 

मनाङ - १ मत अपडेट  :- 
टेक बहादुर गुरुङ (नेपाली कांग्रेस) = 2,415 [प्रतिनिधि सभा निर्वाचन २०७९ मा २,५७५ मतले विजयी]
यशोदा गुरुङ सुवेदी (नेपाली कम्युनिष्ट पार्टी) = 454
राम बहादुर घले (मंगोल नेशनल अर्गनाइजेसन) = 9

जम्मा मतदाता : ७००० (३३७७ पुरुष र ३६२३ महिला)

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update