Harsamaya
रुकुम पूर्वबाट प्रचण्ड विजय नजिक
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

रुकुम पूर्व - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजय नजिक पुगेका छन् । 

मतगणना अन्तिम चरणमा पुग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा उम्मेदवार दाहालले ठूलो अग्रता कायम गरेका हुन् । भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगंगा गाउँपालिका का आठ वडाको मतगणना सकिँदा उनले ८ हजार ५०० मतले अग्रता लिएका छन् । 

हालसम्म १५ हजार ८२३ मत गणना हुँदा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतम ले ३ हजार १७ मत पाएका छन् भने नेपाली कांग्रेस का उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । 

अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी का लखन थापाले ७१२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी का रोशन शाहले ७३ मत, राष्ट्रिय जनमोर्चा का चन्द्रप्रसाद शाहीले २९ मत प्राप्त गरेका छन् । 

त्यस्तै प्रलोपाका सन्दीप पुनले १८६, नेसनल मङ्गोल अर्गनाइजेसनका ज्योति रोका मगरले ५४, नेसनल रिपब्लिक नेपालका धर्मकुमार बुढाले ४८, नेपाल कम्युनिस्ट पार्टी माओवादीका जुद्धबहादुर बुढा मगरले ४० र जनता समाजवादी पार्ट का शिरबहादुर बुढाले पाँच मत प्राप्त गरेका छन् । हालसम्म ४३५ मत बदर भएको छ।

अहिले पुथा उत्तरगंगा गाउँपालिका–९, १०, ११, १२, १३ र १४ वडाको मतगणना जारी रहेको र त्यसपछि अन्तिम परिणाम घोषणा गरिने जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update