Harsamaya
हर समय
हर समय
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता सर्लाही क्षेत्र नं. २ मा ९९२८ मत गणना भइसकेको छ । यहाँ रास्वपाका उम्मेदवार रविन महतो ४४०६ मतसहित अग्रस्थानमा छन् ।
ललितपुर-१ मा कांग्रेसका उम्मेदवार राणाको अग्रता कायमै
ललितपुर-१ मा कांग्रेसका उम्मेदवार राणाको अग्रता कायमै निर्वाचन आयोगका अनुसार मतगणना निरन्तर जारी छ । ललितपुर –१ मा मतदाताको संख्या ७७ हजार ७ सय ३७ भएपनि करिब ५२ हजार मत खसेको आयोगले जनाएको छ ।
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् । 
मतगणनास्थलमै ढले रास्वपा जिल्ला सदस्य रेग्मी, हृदयघातका कारण निधन
मतगणनास्थलमै ढले रास्वपा जिल्ला सदस्य रेग्मी, हृदयघातका कारण निधन अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। चिकित्सकका अनुसार रेग्मीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा देशको शीर्ष आर्थिक योजनाकारका प्रमुखले बताए अनुसार यो आर्थिक विस्तारले रोजगारी, जनताको कल्याण र जोखिम रोकथामका लागि ठोस सहयोग प्रदान गर्नेछ । 
रामेछापमा ढिलो गरी मतगणना सुरु
रामेछापमा ढिलो गरी मतगणना सुरु बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ ।
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता काठमाडौं, भक्तपुर, कास्की, चितवन, झापा, रूपन्देही, मोरङ, बारा, बाँके, ललितपुर लगायतका प्रमुख जिल्लाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।
चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि
चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् ।
बाजुरामा मतगणनाको तयारी हुँदै
बाजुरामा मतगणनाको तयारी हुँदै  बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।
क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल
क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ ।
मुस्ताङमा फेरि कांग्रेसकै दबदबा : योगेश गौचन पुनः निर्वाचित
मुस्ताङमा फेरि कांग्रेसकै दबदबा : योगेश गौचन पुनः निर्वाचित प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन पुनः विजयी भएका छन् । एमालेका इन्द्र धारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै उनले लगातार दोस्रो पटक जित निकालेका हुन् ।
Weather Update