Harsamaya
मतगणनास्थलमै ढले रास्वपा जिल्ला सदस्य रेग्मी, हृदयघातका कारण निधन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुन्दरहरैँचा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ।

मोरङ क्षेत्र नम्बर–२ को मतगणना स्थलमा उपस्थित रहँदा उहाँलाई अचानक अस्वस्थता भएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। चिकित्सकका अनुसार रेग्मीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।

रेग्मीको आकस्मिक निधनले स्थानीय राजनीतिक वृत्तमा शोक छाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update