हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं - आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार राति हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आजको मौसमका कारण हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले हल्का वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्न विभागले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ ०६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

