पोखरा - प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन पुनः विजयी भएका छन् । एमालेका इन्द्र धारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै उनले लगातार दोस्रो पटक जित निकालेका हुन् ।
निर्वाचन परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १ हजार ८ सय ६ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरे भने अन्य दलका उम्मेदवार निकै कम मतमा सीमित भए ।
गौचन यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए। त्यसबेला उनले ३ हजार ९ सय ९६ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका थिए ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका योगेश थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन्। बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका उनी पर्यटन तथा होटल व्यवसायमा पनि सक्रिय छन् ।
मत अपडेट :-
योगेश गौचन थकाली (नेपाली कांग्रेस) = 3,307 (विजयी)
इन्द्र धारा डादु विष्ट (नेकपा एमाले) = 1,806
अधितीय चन्द्र थकाली (राष्ट्रिय स्वतन्त्र पार्टी) = 759
कमला लालचन (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 161
टुक गुरुङ (नेपाली कम्युनिष्ट पार्टी) = 151
सुरेन्द्र शेरचन (उज्यालो नेपाल पार्टी) = 85
अजय बि.क (आम जनता पार्टी_एकल चुनाव चिन्ह) =9
यम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 3
जम्मा मतदाता = ११३२७ (पुरुष ५५५९ र महिला ५७६८)


