काठमाडौं - काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।
निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो ।
निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भने, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह् लिएर मैदानमा होमीएकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी उहाँ विजय हुनुभएको छ ।’
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित भएका छन् । उनी ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।
काठमाडौँ -०१ मत अपडेट :-
रन्जु न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी) = 15,455 (विजयी)
प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस) = 6,364
रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 3,972
मोहन राज रेग्मी (नेकपा_एमाले) = 1,618
मंगलाल श्रेष्ठ (उज्यालो नेपाल पार्टी) =466
समिर लामा तामाङ (श्रम संस्कृति पार्टी) = 426
मेनुका भण्डारी (नेपाली कम्युनिष्ट पार्टी) = 345
कुशल खत्री (स्वतन्त्र) = 84
सागर जोशी (स्वतन्त्र) = 60
सुरेन्द्र प्रसाद ढकाल (स्वतन्त्र ) = 52
असिम मान सिंह वस्नयात (स्वतन्त्र ) = 50
रमिला ज्याख्व सुवाल नेपाल मजदुर किसान पार्टी = 45
सबिन सिग्देल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 31
प्रकाश नायजु (जनता समाजवादी पार्टी, नेपाल) = 27
धनराज शाही (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 20
इन्द्र प्रसाद श्रेष्ठ (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 15
कुमार शाही (स्वतन्त्र ) = 15
कमल कोइराला (स्वतन्त्र ) = 11
शम्भु पोखरेल (स्वतन्त्र ) = 7
सुरेन्द्र पाण्डे (समावेशी समाजवादी पार्टी) = 5
राजकुमार बजगाई (स्वतन्त्र) = 3
राजकुमार लिम्बु (मितेरी पार्टी नेपाल) = 2
कमल सुवेदी (जनादेश पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 2
किरण शाह (स्वतन्त्र) = 2
रमेश प्रसाद जोशी (स्वतन्त्र) = 2
शान्ती श्रेष्ठ (स्वतन्त्र) = 1
संगित बम्म (स्वतन्त्र) = 1
राजु भुजेल (स्वतन्त्र) = 1
अर्जुनबहादुर शाही (नेपाल जनसेवा पार्टी) = 0
जम्मा मतदाता : ४८४८९ (२३२३७ पुरुष र २५२५२ महिला)

