Harsamaya
बाजुरामा मतगणनाको तयारी हुँदै
बाजुरा ।

बाजुरा - बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।

ठूलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका गाडी मार्फत पुगेसंगै बैठकको तयारी थालिएको हो । सबै मतपेटिका पुगेकोले सर्वदलीय बैठक बसेर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए ।

बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन् । बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको कृषि ज्ञान केन्द्र बाजुराको हलमा बस्ने भएको छ । बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ ।

बैठकमा मतगणनाको बारेमा निर्णय हुने छ । बैठक लगत्तै मतगणना कार्य प्रारम्भ हुनेछ । बाजुरामा कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ । कांग्रेस एमालेको किल्ला मानिएको बाजुरालाई अहिले नयाँ अनुहारले चुनौती दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update