Harsamaya
बाँके २ माबाट एमालेले खाता खोल्यो,  मोहम्मद इश्त्यिाक राई निर्वाचित
मोहम्मद इश्त्यिाक राई ।

बाँके - बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम मत परिणाम अनुसार  नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेका छन् ।  

बाँके-१ मा एमालेका मोहम्मद इश्तियाक राई विजयी, अरुको मत कति ?

मोहम्मद इश्तियाक राई (नेकपा_एमाले) = 24,647

विवेक कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 18,679

सुधा कोइराला (नेपाली कांग्रेस) = 17,588

ऋषिराज देवकोटा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,723

दिपेन्द्र बिष्ट (नेपाली कम्युनिष्ट पार्टी) = 1,447

कमरुद्दीन राई (जनता समाजवादी पार्टी, नेपाल) = 903

इरफान अहमद शेख (राष्ट्रिय जनमत पार्टी) = 709

मो. आजाद साई (जनमत पार्टी) = 207

राम चरण चौधरी (श्रम संस्कृति पार्टी) = 136

महेन्द्र प्रकाश चन्द (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 121

सिताराम यादव (राष्ट्रिय एकता दल) = 94

शैलेन्द्र कुमार कर्ण (उज्यालो नेपाल पार्टी) = 91

अब्दुल उमर साई (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 66

जगदीश ढकाल (राष्ट्रिय जनमोर्चा) = 54

सौभाग्य जंग शाह (स्वतन्त्र) =39

प्रकाश शाह (नेपाल मजदुर किसान पार्टी) = 35

माजिद अली शेष (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 30

गोपाल प्रसाद गीरी (जय मातृभूमि पार्टी) = 27

मनोज कुमार चौधरी (स्वतन्त्र) = 14

विपेन्द्र लामा तामाङ्ग (स्वतन्त्र) = 12

जम्मा मतदाता : १०८२८४ [५७११७ पुरुष र ५११६७ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update