Harsamaya
काठमाडौं–३ मा कुलमान घिसिङ पराजित
कुलमान घिसिङ ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा कुलमान घिसिङ पराजित भएका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतान्तरले पराजित गरेका हुन्।

मत अपडेट :
राजु नाथ पाण्डे (राष्ट्रिय स्वतन्त्र पार्टी) = 18,757 (विजयी)
कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) = 11,171
रमेश अर्याल (नेपाली कांग्रेस) = 5,130
रामेश्वर फुयाल (नेकपा_एमाले) = 2,533
सुन्दर राम बोहरा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 691
निरज लामा (नेपाली कम्युनिष्ट पार्टी) = 447
सुवाश घिसीङ (श्रम संस्कृति पार्टी) = 336
केशव नेपाल (स्वतन्त्र) = 233
शेखर नाथ आचार्य (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) =51
सुरेश कुमार ढुङ्गाना (स्वतन्त्र) = 27
मदन श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 26
कुल बहादुर लामा (मंगोल नेशनल अर्गनाइजेसन) = 17
सज्जन आचार्य (स्वतन्त्र ) = 13
बाबुकाजी कार्की (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 12
श्रीकृष्ण वराल (स्वतन्त्र)= 12
प्रनिल ध्वज कार्की (जनता समाजवादी पार्टी, नेपाल) = 11
शेखर अर्याल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 9
रामकृष्ण पुजारी (स्वतन्त्र) = 6
रुप सागर देवी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 2
प्रेम छिरी शेर्पा (नेशनल रिपब्लिक नेपाल) = 2
प्रदिप काफ्ले (स्वतन्त्र) = 2
जित बहादुर तामाङ (मितेरी पार्टी नेपाल) = 1

जम्मा मतदाता : ६४,४७९ [३१५५६ पुरुष र ३२९२३ महिला]

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update