Harsamaya
दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित
बासना थापा ।

दैलेख - दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छिन् । 

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको  अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । 

निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । 

दैलेख-१ मा नेपाली कांग्रेसकी थापा विजयी, अरुको मत कति ?

बासना थापा (नेपाली कांग्रेस) = 12,372

रविन्द्रराज शर्मा (नेकपा_एमाले) = 11,796

नन्द किशोर बस्नेत (राष्ट्रिय स्वतन्त्र पार्टी) = 7,894

अम्मर बहादुर थापा (नेपाली कम्युनिष्ट पार्टी) = 4,109

रणबहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 588

जगत वहादुर ओली (नेपाल मजदुर किसान पार्टी) = 270

रामलाल बिश्वकर्मा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 223

नर बहादुर सिंह (राष्ट्रिय जनमोर्चा) = 89

लोग बहादुर बोगटी (स्वतन्त्र) = 29

मेनका श्रेष्ठ (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 16

जम्मा मतदाता : ७९७०१ (३९८२४ पुरुष र ३९८७७ महिला)

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update