श्री स्वस्थानी व्रत कथा अध्याय - ३१
आइतबार, माघ १८, २०८२
यस अध्यायमा अगस्त्य मुनिले यस्तो कथा माग्छन्, जहाँ कुनै देवताको प्रत्यक्ष अनुग्रह, पूर्वजन्मको अधूरो तपस्या वा मृत्यु पछिको फल नभई, यसै लोकमा स्वस्थानी व्रत र त्रिवेणीको मकरस्नानको प्रभाव तुरुन्त देखियोस् । त्यसको उत्तरमा कुमारजीले काम्पिल्य नगरका अत्यन्त दरिद्र ब्राह्मण सुमेधा र उनकी पतिव्रता पत्नी पवित्राको कथा सुनाउँछन्, जो पूर्वजन्मका कर्मका कारण धन–धान्यविहीन जीवन बिताइरहेका थिए तर धर्म, संयम र पतिव्रतामा अडिग थिए ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ३०
आइतबार, माघ १८, २०८२
यस अध्यायमा अगस्त्य मुनिले पूर्वजन्ममा घोर पाप गरेका मानिसहरू पनि प्रयागको त्रिवेणीमा मकरस्नान र श्रीस्वस्थानी व्रत–पूजाबाट मुक्त हुन्छन् कि हुँदैनन् भन्ने जिज्ञासा व्यक्त गर्छन् । त्यसको उत्तरमा कुमारजीले काञ्चनमालिनी नामकी अप्सराको कथा सुनाउँछन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २९
शनिबार, माघ १७, २०८२
श्रीस्वस्थानी व्रतकथाको ऊनत्रिंशोऽध्यायःमा अगस्त्य मुनिले गोमा ब्राह्मणीपछि श्रीस्वस्थानी देवीको व्रत–पूजा गर्ने अरू पात्रहरूको कथा सुन्न चाहँदा स्कन्दकुमारले सुलोचना नामकी बालविधवाको आख्यान सुनाउँछन् । अल्प उमेरमै वैधव्य भोगेकी सुलोचनाले सांसारिक दुःख र सामाजिक तिरस्कार त्यागी नारायणी नदीको त्रिवेणी (देवघाट) किनारमा कठोर तपस्या सुरु गरिन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २८
शुक्रबार, माघ १६, २०८२
श्रीस्वस्थानी व्रतकथाको अष्टाविंशौँ अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुःख, सप्तऋषिबाट प्राप्त व्रतविधान र श्रीस्वस्थानी परमेश्वरीको कृपाले पुत्र नवराज राजा बनेको वृत्तान्त सुनाएकी छन् । व्रतको प्रभावले नवराजलाई हरि–हरको वरदान प्राप्त भई लावण्यदेशको राजा बनेको उल्लेख गरिएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २७
बिहीबार, माघ १५, २०८२
श्रीस्वस्थानी व्रतकथाको सप्तविंशौँ अध्यायमा चन्द्रावतीको व्रत–फल र पुनर्मिलनको कथा वर्णन गरिएको छ । श्रीस्वस्थानी परमेश्वरीको प्रसादस्वरूप बगाइएका आठ रोटीको प्रभावले छुट्टिएका नाग–नागिनीको भेट भई उनीहरूले चन्द्रावतीलाई आशीर्वाद दिन्छन् । व्रतको प्रतापले चन्द्रावती दिव्य रूप प्राप्त गरी शालीनदी किनारमा बसिरहेकी अवस्थामा लावण्यदेशका मानिसहरूले उनलाई चिनेर राजा नवराजसम्म खबर पुर्याउँछन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २६
बुधबार, माघ १४, २०८२
श्रीस्वस्थानी व्रतकथाको षट्विंशौँ अध्यायमा चन्द्रावतीले अहंकार र देवीनिन्दाका कारण भोग्नुपरेको घोर दुःख र पश्चात्तापपछि उद्धारको मार्ग समातेको प्रसंग प्रस्तुत गरिएको छ । ब्राह्मणहरूले दिएको भातसमेत खान नपाई अनेक विपत्तिमा परेकी चन्द्रावतीले आफ्ना कर्म सम्झँदै आफू स्वस्थानी परमेश्वरीको अपमानकै कारण यस्तो अवस्थामा पुगेको स्वीकार गर्छिन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २५
मंगलबार, माघ १३, २०८२
श्री स्वस्थानी व्रत सुरु भएको आज २५औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २४
सोमबार, माघ १२, २०८२
श्रीस्वस्थानी व्रतकथाको चतुर्विंशौँ अध्यायमा नवराजको राजारोहण, राज्याभिषेक र धर्मकार्यको विस्तार वर्णन गरिएको छ । हरि–हरको कृपाले हात्तीमार्फत नवराज लावण्यदेशका राजा घोषित हुन्छन् र राजकुमारी लावण्यवतीसँग विवाह गरी राज्याभिषेक सम्पन्न हुन्छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २३
आइतबार, माघ ११, २०८२
व्रतको प्रभावले नवराज त्यही रात घर फर्किन्छन् र पिताको निधनको सत्य उजागर हुन्छ। गण्डकी गंगामा स्नानका क्रममा हरि–हर प्रत्यक्ष भई नवराजलाई लावण्य देशको राजा हुने वरदान दिन्छन् । माताको व्रत र श्रद्धाको फलस्वरूप नवराज तेजस्वी बन्छन् र राजपथतर्फ अग्रसर हुन्छन्। कथा श्रद्धा, धैर्य र व्रतको महिमाले दरिद्रताबाट राजयोगसम्म पुर्याउने सन्देश...
श्री स्वस्थानी व्रत कथा अध्याय - २२
शनिबार, माघ १०, २०८२
यता शिवशर्मा र गोमा ब्राह्मणीले डोलेहरू- सित यस वनको नाम के हो ? त्यो पर्वतको नाम के हो ? त्यस वृक्षको नाम के हो ? भनेर सोध्दै ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २१
शुक्रबार, माघ ९, २०८२
यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस्, त्यो भिक्षा म लिन्नँ । दिने भए तेरा बाबाको पूजा गर्ने, तँले केलाइराखेको अक्षता भिक्षा दे !' भने ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २०
बिहीबार, माघ ८, २०८२
श्रीस्वस्थानी व्रतकथाको विंशौँ अध्यायमा माघस्नानको महिमा, कर्म–श्रापको फल र गोमा नामकी कन्याको उत्पत्तिको कथा वर्णन गरिएको छ । ब्रह्मचारी प्रसीद र पाँच गन्धर्वकन्याबीच भएको श्राप–प्रतिश्रापका कारण सबै पिशाच बने पनि लोमश ऋषिको निर्देशनमा देउघाट त्रिवेणीमा माघस्नान गर्दा उनीहरू उद्धार भई पुनः मानवरूप प्राप्त गर्छन्। पछि प्रसीदले ती पाँचै कन्यासँग विवाह...
श्री स्वस्थानी व्रत कथा अध्याय - १९
बुधबार, माघ ७, २०८२
श्रीस्वस्थानी व्रतकथाको एकोनविंशौँ अध्यायमा माघ महिनाको महिमा र माघस्नानको अत्यन्त पुण्यदायी महत्व विस्तारमा वर्णन गरिएको छ। कथाअनुसार ब्रह्मपुर नगरका दीन–दरिद्र ब्राह्मण शिवभट्ट र उनकी पत्नी सतीले सिद्धिविनायकको आराधना गरी सम्पत्ति प्राप्त गरेपछि व्यापक दान–धर्म गरे र समाजसेवामा लागे। पछि सन्तानको कामनासहित पुनः गणेशको आराधना गर्दा गणेशले तीन वर्षसम्म नियमपूर्वक माघस्नान...
साताको लोकप्रिय

