Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - १७
श्री स्वस्थानी व्रत कथा अध्याय - १७ श्रीस्वस्थानी व्रतकथाको सप्तदशौँ अध्यायमा जालन्धर वधको निर्णायक घटनाक्रम वर्णन गरिएको छ । वृन्दाको अटल पतिव्रता धर्मका कारण जालन्धर अजेय बनेपछि शिवको आज्ञामा विष्णुले मायाद्वारा जालन्धरको रूप धारण गरी अन्तःपुर प्रवेश गर्छन् र वृन्दाको पतिव्रता धर्म नष्ट हुन्छ । त्यससँगै जालन्धरको शक्ति क्षीण भई महादेव स्वयं युद्धमा उत्रिएर जालन्धरको वध गर्छन्...
श्री स्वस्थानी व्रत कथा अध्याय - १६
श्री स्वस्थानी व्रत कथा अध्याय - १६ श्रीस्वस्थानी व्रतकथाको षोडशौँ अध्यायमा शिव–पार्वती, देवता र जालन्धर–रावणसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम वर्णन गरिएको छ । शिवजी मृगरूप धारण गरी श्लेष्मान्तक वनमा विहार गर्दा देवताले खोजी गर्दै उहाँको दिव्य दर्शन पाउँछन् र गोकर्ण क्षेत्रमा शिवको सीङ स्थापना हुने प्रसंग आउँछ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १५
श्री स्वस्थानी व्रत कथा अध्याय - १५ श्रीस्वस्थानी व्रतकथाको पञ्चदशौँ अध्यायमा गणेशको उत्पत्ति, कुमार (कार्तिकेय) को जन्म र तारकासुर वधको पौराणिक कथा वर्णन गरिएको छ । पार्वतीले बनाएको द्वारपालको शिर महादेवले अज्ञानतावश काटेपछि हात्तीको शिर जडान गरी गणेशको उत्पत्ति हुन्छ। पछि अग्निद्वारा गंगामा उत्पन्न शिववीर्यबाट षडानन कुमार जन्मिन्छन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १४
श्री स्वस्थानी व्रत कथा अध्याय - १४ श्रीस्वस्थानी व्रतकथाको चतुर्दशौँ अध्यायमा पार्वतीले व्रत पूर्ण गरी यसको महिमा संसारभर फैलोस् भनी महादेवसँग प्रार्थना गरेपछि अश्वत्थामा ऋषिलाई पाताललोकमा व्रत प्रचार गर्न पठाइएको वर्णन छ । यसै क्रममा शिवले पार्वतीको धैर्य र बुद्धिमत्ता जाँच गर्न किरातको रूप धारण गर्दा पार्वतीले पनि किरातिनी रूप लिएर शिवको परीक्षा लिन्छिन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १३
श्री स्वस्थानी व्रत कथा अध्याय - १३ श्रीस्वस्थानी व्रतकथाको त्रयोदशौँ अध्यायमा पार्वतीले पौष–माघ महिनाभर श्री विष्णुको उपदेशअनुसार विधिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको व्रत गरी महादेवको आराधना गरेको वर्णन छ। देवताहरूको आग्रहमा कामदेवले शिवको तपस्या भंग गर्न खोज्दा शिवको तेस्रो नेत्रबाट भस्म हुन्छन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १२
श्री स्वस्थानी व्रत कथा अध्याय - १२ श्रीस्वस्थानी व्रतकथाको द्वादशौँ अध्यायमा हिमालयकी छोरी पार्वतीको जन्म, बाल्यकालदेखि नै शिवप्रतिको अटूट भक्ती र विवाहसम्बन्धी घटनाक्रम वर्णन गरिएको छ । विष्णुसँग पार्वतीको विवाह तय भए पनि शिवलाई नै पति पाउने दृढ इच्छाले पार्वती वनमा गई कठोर तपस्या गर्छिन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ११
श्री स्वस्थानी व्रत कथा अध्याय - ११ श्रीस्वस्थानी व्रतकथाको एकादशौँ अध्यायमा सतीदेवीको वियोगपछि महादेवको गहिरो शोक र त्यसबाट उत्पन्न घटनाक्रम वर्णन गरिएको छ। सतीशोकमा डुबेका महादेव पृथ्वी भ्रमण गरिरहँदा तारकासुरले अवसर उपयोग गरी देवताहरूलाई पराजित गर्दै अमरावती कब्जा गर्छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १०
श्री स्वस्थानी व्रत कथा अध्याय - १० यस अध्यायमा वायु, गरुड़, अप्सरा, हनुमान, लक्ष्मी, सरस्वती, नवग्रह, दशावतार, हिमालय, नाग, योगिनी, अष्टभैरवलगायत देवता तथा प्रकृतिका विभिन्न तत्त्वहरूले ती शक्तिपीठहरूमा तपस्या गरी आ–आफ्ना विशेष वरदान प्राप्त गरेको उल्लेख छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ९
श्री स्वस्थानी व्रत कथा अध्याय - ९ स्कन्दपुराण अन्तर्गत केदारखण्डको श्रीस्वस्थानी व्रतकथाको नवौँ अध्यायमा सतीदेवीको देहपतन र शक्तिपीठहरूको उत्पत्तिको पौराणिक कथा वर्णन गरिएको छ। दक्षयज्ञपछि महादेवले सतीदेवीको मृत देह बोकेर पृथ्वी भ्रमण गरिरहँदा समस्त देवताहरू चिन्तित भई विष्णु भगवान्को शरणमा पुगेका थिए। देवताहरूको बिन्ती सुनी विष्णुले आफ्नी मायाबाट झिँगा उत्पन्न गराई सतीदेवीको देहलाई टुक्रा–टुक्रा गरी पृथ्वीका विभिन्न...
श्री स्वस्थानी व्रत कथा अध्याय - ८
श्री स्वस्थानी व्रत कथा अध्याय - ८ आज यस कथामा स्कन्दपुराणको केदारखण्ड अन्तर्गत माघमाहात्म्यको अष्टमो अध्यायमा दक्षप्रजापतिको यज्ञ विध्वंशको प्रसंग वर्णन गरिएको छ। विष्णु लगायत देवता युद्धबाट पछि हटेपछि वीरभद्रले दक्षप्रजापतिको शिर काटी यज्ञकुण्डमा होम गर्छन्।
श्री स्वस्थानी व्रत कथा अध्याय - ७
श्री स्वस्थानी व्रत कथा अध्याय - ७ आज यस कथामा सतीदेवीले दक्षको यज्ञमा आत्मदाह गरेपछि सारा संसारमा उत्पात मच्चिन्छ। नारदबाट समाचार सुनेर महादेव अत्यन्त क्रोधित भई आफ्ना जटाबाट महाकाली र वीरभद्र उत्पन्न गर्नुहुन्छ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ६
श्री स्वस्थानी व्रत कथा अध्याय - ६ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका रहेको छ । 
Weather Update