काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १३ औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको त्रयोदशौँ अध्यायमा पार्वतीले पौष–माघ महिनाभर श्री विष्णुको उपदेशअनुसार विधिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको व्रत गरी महादेवको आराधना गरेको वर्णन छ। देवताहरूको आग्रहमा कामदेवले शिवको तपस्या भंग गर्न खोज्दा शिवको तेस्रो नेत्रबाट भस्म हुन्छन् ।
पछि शिवले इन्द्रको रूप धारण गरी पार्वतीको भक्ति परीक्षा लिँदा पार्वती अडिग रहन्छिन्। पार्वतीको निष्कलंक श्रद्धाबाट प्रसन्न भई महादेवले आफ्नो वास्तविक स्वरूप प्रकट गर्नुहुन्छ र हिमालयको घरमा पार्वतीसँग विवाह सम्पन्न हुन्छ। यस अध्यायले स्वस्थानी व्रतको महिमा, पार्वतीको अटल भक्ति र शिव–पार्वती विवाहको दिव्य प्रसंगलाई उजागर गर्छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १३औँ दिन त्रयोदशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ त्रयोदशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि पौषशुक्ल पूर्णिमाको दिन आयो र पार्वतीले श्री विष्णुको उपदेश अनुसार सखी समेत भई हात-खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एकभक्त रही एकचित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन् । महिना दिन पूरा भयो र माघशुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्थानी परमेश्वरीको मी विधिपूर्वक पूजा ध्यान जप र स्तोत्र पाठ गरिन् । बोदेवराज इन्द्रले त्यो समाचार पाएर देवताहरूसित र भने- 'हे देवता हो ! अब पापिष्ठ तारकासुरको ले नाश हुने समय आयो, किनकि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाएपछि उनका गर्भबाट पुत्र जन्मनेछन् । तिनै कुमारले हाम्रो शत्रु जा तारकासुर दैत्यलाई मारिदिनेछन् । अनि हामी ष्णु अमरावती प्राप्त गरी राज्य-सुख भोगौंला । फेरि महादेव सतीदेवी मर्नाले शोक गर्दै सम्पूर्ण पृथ्वी भ्रमण गरिसकेर उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह त्यागी, सम्पूर्ण इन्द्रिय रोकी तीनै नेत्र बन्द गरी केवल परब्रह्ममा चित्त लगाएर ठूलो कष्टले तपस्या गरिरहेका छन् । अतः महादेवलाई तपस्याबाट च्युत गराई फेरि काम, क्रोध, लोभ, मोहमा ल्याउने उपाय के छ ?' यति सुरराजले भनेको सुनी देवताहरूले भने- 'हे देवेन्द्र ! यो काम गर्न कामदेव- बाहेक अरू कसैले सक्तैन । अतः कामदेव गई महादेवको हृदयमा कामबाण प्रहार गरेर आऊन् ।' यति देवताहरूको कथन सुनी देवेन्द्रले स्वीकार गरी कामदेवलाई डाक्न तुरुन्त वायुलाई पठाए । वायु पनि तत्काल गएर कामदेवलाई इन्द्रको आज्ञा सुनाई लिएर आए । अनि कामदेवले इन्द्रलाई 'मलाई के कामले डाक्नुभयो ?' भनी सोधेपछि इन्द्रले भने- 'हे कामदेव ! सतीदेवी मर्नाले महादेव उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह त्यागी सम्पूर्ण इन्द्रिय रोकेर परब्रह्ममा चित्त लगाई तपस्या गरिरहेका छन् । महादेव- बिना यो संसारको रक्षा को गर्ला ? अतः तिमी त्यहाँ गई महादेवलाई कामबाण हानी फेरि काम, क्रोध, लोभ, मोहमा ल्याऊ ।' यति सुरेन्द्रको आज्ञा सुनी 'हुन्छ' भनी आफ्नी पत्नी रति समेत भई उत्तरापन्थमा गए । हे अगस्त्य मुनि ! कामदेव त्यहाँ पुगेर पहिले शिवलाई साष्टांग दण्डवत् गरी सुरराजको आज्ञाले कामबाण कानसम्म खैची मर्मस्थान ताकेर प्रहार गरे । अनि महादेवले थाहा पाएर क्रोधित भई सहसा आँखा उघारेर हेर्नासाथ तीनै नेत्रबाट अग्निका ज्वाला निस्की कामदेवलाई भस्म पारिदियो । तब कामदेवकी स्त्री रतिले आफ्ना स्वामी भस्म भएको देखी अनेक प्रकारले शोक गर्दै शिवजीका पाउमा परेर बिन्ती गरिन् - 'हे प्रभो ! यो अपराध मेरा स्वामीको होइन । देवराजको आज्ञाले हजूरको हृदयमा कामबाण प्रहार गरेको हो । हे जगदी- श्वर ! मदेखि प्रसन्न भई स्वामी दान दिनुहवस् । हे शम्भो ! हजूर दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । हजुरको स्तुति गर्न शेषनाग र सरस्वतीले पनि सक्तैनन् भने म जस्तीले कसरी सक्नेछु ! है भक्तवत्सल ! मलाई विधवा नतुल्याई मेरा स्वामीको जीवन-दान दिएर मलाई सन्तुष्ट पार्नुहवस् । रतिले त्यसरी स्तुति गरेको सुनी महादेवलाई दया लाग्यो र आज्ञा गर्नुभयो- 'हे रति ! यस जन्ममा अब तिमी स्वामी पाउन सक्तिनौ । द्वापरयुगको अन्त्यमा विष्णु भगवान्ले अवतार लिनेछन् । तिम्रो स्वामी तिनै कृष्णका पुत्र प्रद्युम्न भएर जन्म लिनेछन् । अनि तिमी दुवैको भेट होला । अहिले दुःख नमानी घर जाऊ।' महादेवले यति आज्ञा भएको सुनी रतिले 'जो आज्ञा' भनी शिवलाई दण्डवत् प्रणाम गरी घर फिरिन् ।
त्यसपछि महादेवले सतीदेवीलाई सम्झी 'कहाँ जन्म लिन गइन्' भनी ध्यानदृष्टिले विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मी श्री महादेव स्वामी पाऊँ भनी नाना तीर्थ, व्रत, तप-जप आदि गरेको र विष्णुको उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेको थाहा पाएर अब तिनको चरित्र हेर्दछु भनी देवेन्द्रको रूप धारण गरी हातमा वज्र लिई ऐरावत हात्तीमा चढेर पार्वतीले देवत गरेको स्थानमा पुग्नुभयो । महादेव कस्तो समयमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकी हातमा अर्घ्य लिएर 'हे ईश्वरी ! निरञ्जन निराकार रूप हजुरलाई कोटि-कोटि नमस्कार । सम्पूर्ण व्रत पनि तिमी, सृष्टि-स्थिति- संहार गर्ने पनि तिमी, पञ्चमहाभूत र सत्त्व, रज, तम त्रिगुण पनि तिमी । यो समस्त ब्रह्माण्डमा आत्मस्वरूप भएकी र आदिशक्ति पनि तिमी, कालस्वरूप पनि तिमी; आदि, मध्य, अन्त्य पनि तिमी । यस्ती अव्यक्त स्वरूप भएकी तिम्रो गुणगान गर्न शेष र सरस्वतीले पनि नसकेको म कसरी सक्नेछु ! मेरो पूजाले प्रसन्न हुनुहोस्' भनी अनेक प्रार्थना गरेर प्रसाद झिक्न लागेको वेलामा इन्द्रस्वरूप महादेव टुप्लुक्क पुग्नुभयो । तब पार्वतीले देखेर यथायोग्य सत्कार गरी- 'हे देवराज ! के कामले आउनुभयो, आज्ञा होस्' भनिन् र इन्द्रस्वरूप महादेव आज्ञा गर्नुहुन्छ - 'हे पार्वती ! तिम्रो श्रद्धा-भक्ति देखेर म प्रसन्न भएँ । महादेव स्वामी पाउन भनी तिमीले यो व्रत गर्यो, तर ती महादेव कस्ता छन् भने- बौलाहा जस्ता, महानिर्धिनी, नागका गहना लगाएका, 'बाघको छाला कम्मरमा बेह्रेका, भूत- प्रेत, प्रमथगण साथमा लिई बूढो गोरुमा चढेका, दाहिने हातमा डमरु र बायाँ हातमा त्रिशूल लिएका विष, भाङ, धतूरो खाई निर्लज्ज झैँ डुल्ने र अघोर मूर्ति भई श्मशानमा वास गर्ने । तिमी भने यस्ती परम सुन्दरी छ्यौ, यस्ती सुन्दरीलाई त्यस्ता महादेव स्वामी कदापि योग्य छैनन् । म सम्पूर्ण देवताको राजा हुँ, बरु मलाई स्वामी तुल्याई स्वर्गकी रानी भएर अलभ्य सुख-भोग गर ।' यति इन्द्रस्वरूप महादेवले आज्ञा भएको सुनी पार्वती रीसले चूर भई भन्न लागिन् - 'हे पापिष्ठ इन्द्र ! मैले यस्तो श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको स्थानमा आएर महादेवको निन्दा गर्यो, म यो सहन सक्तिनँ । अब म तिमीलाई श्राप दिन्छु' भनी श्राप दिन तयार भइन्, र इन्द्रस्वरूप महादेव टराई- 'हे पार्वती ! म इन्द्र होइन, तिम्रो चरित्र हेर्न इन्द्रको रूप धारण गरेर आएको हुँ, धन्य तिम्रो भक्ति ! तिम्रो तपस्याले म सन्तुष्ट भएँ' भनी आफ्नू ज्योति: स्वरूपको दर्शन दिनुभयो र पार्वतीले महादेवको दर्शन पाएर मनमा आनन्द मानी साष्टांग प्रणाम गरिन् । अनि- 'हे जगदीश्वर ! मैले अनेक व्रत, दान, यज्ञ, जप, तप गरेँ तैपनि हजुरको दर्शन पाइनँ । आज वैकुण्ठनाथ विष्णुको उपदेशले गरेका श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले हजुरको दर्शन पाएँ । अब स्वस्थानी परमेश्वरीको प्रसाद दिन कन्यादान भएको छैन, कसो गरुँ ?' भनी बिन्ती गरिन् । अनि महादेव प्रसन्न भई पार्वती कन्यादान लिन हिमालय पर्वतका घर जानु- भयो । हिमालय पर्वतले महादेव आउनुभएको देखी आफ्नी पुत्रीले महादेव स्वामी पाउन लागी भनी बडो हर्ष मानी आफ्नी स्त्री मेनकासित भने- 'हे स्त्री ! हामी धन्य रहेछौं ! पार्वती कन्यादान लिन स्वयं महादेव आउनुभयो । अब कन्यादानको सामग्री तयार पार' भनी अह्राए । अनि वसिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी लग्न विचार गरेर अक्षय तृतीयाको दिन लग्न ठहराई सम्पूर्ण व देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा उपस्थित भई यज्ञमा बसे । ब्रह्माजी यज्ञ गराउन लागे । अन्य ब्राह्मणहरू वेद- पाठ नी गर्नलागे । अप्सराहरू नाच-गानमा लागे ।
देवकन्या, यक्षकन्या, नागकन्या, दैत्यकन्या आदि नाना वस्त्र अलंकार पहिरी ऊभन्दा ऊराम्री, ऊ भन्दा ऊ राम्री बनी पार्वती कन्यादान दिएको हेर्न लागेका थिए । हिमालयकी पत्नी मेनकाले पनि पार्वतीलाई सुगन्ध्र लेपन गराई, हीरा, मोती, मणि- माणिक्य आदि रत्न जडेका गहना र वस्त्रहरू पहिराई सिँगारी राखेकी थिइन् । त्यस बखत पार्वतीभन्दा राम्री तीनै लोकमा कोही पनि देखिएनन्। मंगल गीत गरी हातमा जौ तिल- कुश लिई हिमालयले पार्वतीको हात समाती, मेनकाले सुवर्णको कमण्डलुले जलको धारा दिई कन्यादानको संकल्प पढ्दा हिमालयले सोधे- 'हे ईश्वर ! यस शुभ लग्नमा म आफ्नी पुत्री कन्यादान दिन तयार छु, हजुरको गोत्र के हो ? बिना गोत्रले गरेको काम अधूरो हुन्छ र शुभ कर्मको फल पनि प्राप्त हुँदैन भनी शास्त्रहरूको कथन छ ।'
हिमालयको त्यस्तो वचन सुनी महादेवले केही पनि उत्तर दिन नसकी लाज मानी अधोमुख गरिरहनुभयो । हिमालयले पनि पार्वतीको हात समाती महादेवको मुखमा हेरिरहे । विष्णु प्रभृति समस्त देवता, यक्ष, किन्नर, गन्धर्व, दैत्य, नाग आदि कसैले पनि 'यो त्यसै हो' भन्न सकेनन् ।
त्यसै मौकामा नारद मुनि सतीदेवीका हाड़को यन्त्र बनाई शिव-गीत गाउँदै हिमालयकहाँ आइपुगे र सबै कुरा सुनेपछि भने- 'हे गिरिराज ! जो सम्पूर्ण ब्रह्माण्डको सृष्टि-स्थिति-संहार गर्दछन्, जो अहिले यौटै छन् तापनि आफ्नू मायाले ब्रह्मा, विष्णु, महेश तीन रूपका बन्दछन् । आदिपुरुष यिनै हुन् । यिनका माता-पिता पनि छैनन्, जात पनि छैन र गोत्र पनि छैन । सर्वव्यापी पनि यिनै, तेत्तीस कोटि देवताका माता-पिता पनि यिनै । फेरि चौधै भुवनमा भएका समस्त जीवात्माका हृदयमा बसेर पाप-पुण्यको साक्षी भइरहेका पनि यिनै। निरञ्जन निराकार पनि यिनै । यस्ता ईश्वरको महिमा वर्णन गर्न हजार जिभ्रा भएका शेषनाग र सरस्वतीले पनि नसकेको म कसरी सकुँला ? अतः शंका नमानी जगदीश्वर महादेवलाई पार्वती कन्यादान देऊ ।' नारद मुनिले यति भनेको सुनी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदिले- 'नारद मुनिले सत्य भने' भन्दै समर्थन गरे । अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए। पार्वतीले महादेवको गलामा फूलको माला पहिराइन् र तीनपल्ट प्रदक्षिणा गरी पाउमा ढोगिदिइन् । हिमालयले पनि आएका जति सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदिलाई भोजन गराई यथायोग्य दक्षिणा दिए । त्यसपछि सबैले हिमालयसित भने- 'हे हिमालय ! तिमी धन्य रहेछौ। तिमी झैं भाग्यमानी सातद्वीप, नवखण्डमा पनि हुन दुर्लभ छ । तिमीले संसारमा जन्म लिएको सफल भयो किनभने जुन जगदीश्वर महादेवलाई कठोर तपस्याले पनि दर्शन गर्न पाउन्ननु, उनैलाई ज्वाइँ रूपमा पायौ । हामी कृतार्थ भयौँ । अब बिदा पाए आफाफ्ना आश्रममा जाने थियौँ । ' निमन्त्रणमा आएका सबैले यति भनेपछि हिमालयले आदरपूर्वक सबैलाई बिदा दिए र सबै आ-आफ्फाना आश्रममा जाँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां पार्वतीविवाहवर्णनं नाम त्रयोदशोऽध्यायः ।।१३।।


