काठमाडौं- स्कन्दपुराण अन्तर्गत केदारखण्डको श्रीस्वस्थानी व्रतकथाको नवौँ अध्यायमा सतीदेवीको देहपतन र शक्तिपीठहरूको उत्पत्तिको पौराणिक कथा वर्णन गरिएको छ। दक्षयज्ञपछि महादेवले सतीदेवीको मृत देह बोकेर पृथ्वी भ्रमण गरिरहँदा समस्त देवताहरू चिन्तित भई विष्णु भगवान्को शरणमा पुगेका थिए। देवताहरूको बिन्ती सुनी विष्णुले आफ्नी मायाबाट झिँगा उत्पन्न गराई सतीदेवीको देहलाई टुक्रा–टुक्रा गरी पृथ्वीका विभिन्न स्थानमा पतन गराए।
जहाँ-जहाँ सतीदेवीका अंगहरू पतन भए, त्यहीँ–त्यहीँ शक्तिपीठहरूको स्थापना भयो र प्रत्येक शक्तिपीठमा देवी, योगिनी तथा स्वयंभू शिवलिङ्ग प्रकट भए। नेपालस्थित गुह्येश्वरीदेखि वाराणसी, कामरूप, कश्मीर, कैलास, गोकर्ण, जालन्धर लगायत विभिन्न तीर्थस्थलहरू शक्तिपीठका रूपमा प्रतिष्ठित भए।
यी शक्तिपीठहरूमा देवता, ऋषि, गन्धर्व, यक्ष, नाग, आदित्य, राशि र नक्षत्रहरूले तपस्या गरी विविध वरदान प्राप्त गरेको उल्लेख छ। यस अध्यायले शिव–शक्तिको अविछिन्न सम्बन्ध, शक्तिपीठहरूको धार्मिक महत्त्व र तीर्थस्थलहरूको पौराणिक प्रतिष्ठालाई उजागर गर्दछ।
अथ नवमोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यहाँपछि इन्द्रादि समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेर हिंडेको देखी वैकुण्ठ गएर विष्णु भगवान्सित बिन्ती गरे- 'हे परमेश्वर ! महादेवले शोक गरेको देखेर दुःखी नहुने यो समस्त ब्रह्माण्डमा यौटा जीव पनि पाइने छैनन् । हजुरले यो ब्रह्माण्डको रचना गर्ने र शिवजीले रक्षा गर्ने हो । हजुर दुईले नगरे विश्वको सुरक्षा अरू कसले गर्ला ? यस बखत शिवजी दक्षको यज्ञबाट सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेका छन् । जबसम्म सतीदेवीको मृत देह रहला, तबसम्म शिवजी भ्रमण गरि नै रहनेछन् । अब हजुरको मायाले माखा वा झींगा सृष्टि गरी औंसा वा कीरा पारी सतीदेवीको अंग गलाएर पतन गराइ- दिनुहवस् । सकल देवताको यस्तो बिन्ती सुनी विष्णु आज्ञा हुन्छ - 'हे देवता हो ! तिमीहरूको कल्याणका लागि म आफ्नू मायाले झींगा उत्पन्न गरी औंसा पारी सतीको देह गलाई पतन गराउँला, यसमा शंका नगरे । अब तिमीहरू अमरावती जाओ ।' भगवान् विष्णुको त्यस्तो आश्वासन १ पाएपछि देवताहरू 'हवस्' भनी विष्णुलाई दण्डवत् प्रणाम गरी आफाफ्ना लोकमा फर्के । अनि विष्णु भगवान्ले आफ्नू मायाद्वारा झींगा उत्पन्न गरी औंसा पारिदिए । अनि सतीदेवीको शरीर टुक्रा-टुक्रा भएर पतन भयो । जहाँ-जहाँ अंग पतन भयो, त्यहाँ-त्यहाँ एक-एक पीठ उत्पन्न भयो । त्यहीं त्यहीं ब्रह्माजीले एक-एक स्वयंभू लिंग उत्पन्न गराए । सबभन्दा पहिले नेपालमा गुह्य पतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भए, शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा इन्द्रादि देवता आई तपस्या गरे । ईश्वरी प्रसन्न भई 'सत्य, त्रेता, द्वापर र कलि यी चारै युगमा देवताकै नामले प्रख्यात भए' भनी वरदान दिइन् । फेरि वाराणसीमा पुग्दा शिर पतन भयो ।
वाराणसी पीठ, विशालाक्षी देवी, शंकटा योगिनी, विश्वेश्वर महादेव उत्पन्न भए । शिवशक्ति स्वरूपले रहे । त्यस मोक्ष - भूमिमा गन्धर्वहरू आई नाच-गान- द्वारा तपस्या गरे । ईश्वरी प्रसन्न भै वाक्य-सिद्धि हुने वरदान दिइन् । फेरि कामरूपमा पुग्दा छाती पतन भयो । कामरूप पीठ, कामाक्षा देवी, कीर्ति योगिनी, चक्रधरेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस पुण्य भूमिमा यक्षगण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'स्वर्ग- मर्त्य-पातालमा सदा यक्षगणका नामले विख्यात हुनेछौ' भनी वरदान दिइन् । फेरि पौरबन्धमा गएर दाहिने कान पतन भयो । पौरबन्ध पीठ, अम्बिका देवी, चन्द्रवेगा योगिनी, धनेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा दैत्यगण आई तपस्या गरे । ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भनी वरदान दिइन् । फेरि कश्मीरमा गई जिभ्रो पतन भयो । कश्मीर पीठ, शारदा देवी, घोरघण्टा योगिनी, श्रमधारेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य- भूमिमा किन्नरगण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'इच्छासिद्धि हवस्' भनी वरदान दिइन् । फेरि कन्नौजमा पुगी अंगको छाला पतन भयो । कान्यकुब्ज पीठ, सफला देवी, झंकेश्वरी योगिनी र दुग्धेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा रावण आई तपस्या गर्यो । ईश्वरी प्रसन्न भई देवलोक जित्न सकेस् भनी वरदान दिइन् । फेरि पूर्णगिरिमा गई बायाँ कान पतन भयो । पूर्णगिरि पीठ, पूर्णा देवी, कपालकुण्डला योगिनी र चन्द्रेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस मोक्ष-भूमिमा गन्धर्वहरू आएर नाच-गान गरी तपस्या गरे । ईश्वरी प्रसन्न भई 'इन्द्रका सभामा नाच-गानमा कहिल्यै नचुके' भनी वरदान दिइन् । फेरि अस्तातकमा पुग्दा दाहिने हात पतन भयो । अस्तातक पीठ, कर्तेश्वरी देवी, एकाक्षी योगिनी, निद्रापतेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा राधिकागण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई तिमीहरूको सदैव कृष्ण दाहिना (अनुकूल) रहून् भनी वरदान दिइन् । फेरि चामुण्डाचलमा गई बाहु पतन भयो । चामुण्डा- चल पीठ, पुकम्बी योगिनी, चामुण्डा देवी र इच्छावीरुकेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा नारद मुनि आएर तपस्या गरे ।
ईश्वरी प्रसन्न भई 'तिम्रो वाक्यसिद्धि हवस्' भनी वरदान दिइन् । फेरि एकावीरमा पुग्दा बायाँ हात पतन भयो । एकावीर पीठ, सिद्धेश्वरी देवी, सिद्धा योगिनी, दुग्धेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा कर्णवीर आदि श्मशान आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'सम्पूर्ण मृतकको दाह गर्न सके' भनी वरदान दिइन् । फेरि कामरोष्ठमा पुग्दा घाँटी पतन भयो । कामरोष्ठ पीठ, कामिनी देवी, महाकालेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा लक्ष्मी आएर तपस्या गरिन् । ईश्वरी प्रसन्न भई सृष्टि-स्थान हुन सके भनी वरदान दिइन् । फेरि त्रिश्वेतमा पुगेर मलद्वार पतन भयो । त्रिश्वेत पीठ, महाकालेश्वरी देवी, विकटदन्ता योगिनी, त्रिपुरेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा यमराज आएर नाना उपचारले पूजा- सहित तपस्या गरे । ईश्वरी प्रसन्न भई 'ब्रह्माजीको सृष्टि संहार गर्न सके' भनी वरदान दिइन् । फेरि कैलास पर्वतमा पुगेपछि दाहिने पाउ पतन भयो । कैलास पीठ, पार्वती देवी, अग्बिका योगिनी, विश्वम्भरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्ष-भूमिमा ब्रह्मा आएर अनेक स्तुति-सहित तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान माँग भनिन् र ब्रह्माले‘तीनै लोकमा सृष्टिकर्ता हुन पाऊँ' भनी वरदान माँगे । ईश्वरी प्रसन्न भई 'तथास्तु' भनी वरदान दिइन् । फेरि भृगुक्षेत्रमा पुगी उपल्लो दाँत पतन भयो । भृगु पीठ, शरदा देवी, ब्रह्मदाहा योगिनी, सत्येश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा धर्मदत्त राजा आएर योग-मार्गले तपस्या गरे । ईश्वरी प्रसन्न भई 'तिमीलाई कसैले जित्न नसकून्' भनी वरदान दिइन् । फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो । चन्द्रपुर पीठ, चन्द्रा देवी, सिद्धा योगिनी, प्रकाशेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा दश दिक्पाल आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'तिमीहरू आफाफ्ना दिस्थितिमा रहन सके' भनी वरदान दिइन् । फेरि केदारमा गएर देब्रे हात पतन भयो । केदार पीठ, केदारेश्वरी देवी, चामुण्डा योगिनी, कोटेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा एकादश रुद्र आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् र एकादश रुद्रले 'हामीहरूको तेज समान रहोस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि श्रीपीठमा पुग्दा तालु पतन भयो । श्रीपीठ, कमला देवी, भद्रा योगिनी, कमलेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा अष्टवसु ( आएर षोडशोपचारले पूजा र तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् ।
अष्टवसुले 'हामीहरू को वाक्य-सिद्धि हवस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि एकावीरमा गएर नाभि पतन भयो । एकावीर पीठ, एकवीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा नागहरू आएर नाना रत्न मणिमाणिक्य चढाई पूजा र तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ भनिन् ।' नागहरूले 'सप्त पातालको अधिपतित्व प्राप्त होस्, भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि जालन्धरमा पुगेर तल्लो ओठ पतन भयो। जालन्धर पीठ, जालपा देवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा कामधेनु गाई आएर नित्य दूध अर्पण गरी तपस्या गरिन् । ईश्वरी प्रसन्न भई 'वरदान लेऊ' भनिन् । कामधेनुले 'मेरो दूध, दही, घिउ, मल-मूत्र सधैँ पवित्र मानियोस् भनी माँगिन् । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि कुशलान्तभा पुगेर कपालका केश पतन भए । कुशलान्तक पीठ, भूतघण्टा योगिनी, क्षीरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा अश्विन्यादि सत्ताईस नक्षत्र आएर भक्तिसाथ तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेओ' भनिन् । नक्षत्रहरूले 'ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि मल्लवीमा पुगेर बायाँ पैताला पतन भयो । मल्लवी पीठ, महाकाली देवी, कराला योगिनी, भूपालेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यहाँ द्वादशादित्य आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । द्वादशादित्यले 'हामी बाह्र महीनाका अधिपति रहीँ भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि देवकोटमा पुगेर बायाँ घुँड़ा पतन भयो । देवकोट पीठ, भद्राक्षी देवी, ललिता योगिनी र मातेश्वर महा- देव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे ! त्यस पुण्यभूमिमा मेषादि बाह्र राशि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माँग भनिन् । राशिहरूले 'मनुष्यहरू हाम्रा अधीनमा रहून्' भनी माँगे ।
ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि गोकर्णमा पुगेर बायाँ कान पतन भयो । गोकर्ण पीठ, भैरवी देवी, एकजंघा योगिनी, यागेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध-भूमिमा विष्कुम्भादि योगहरूले ठूलो कष्ट सहेर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेओ' भनिन् । ती योगहरूले 'ज्योतिष शास्त्र हाम्रा अधीनमा रहून्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि अट्टहासमा पुगेर तल्ला दाँतहरू पतन भए । अट्टहास पीठ, भ्रामरी देवी, शंखधरा योगिनी, शतभूतेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा वाग्मती आदि नदीहरू आएर जल चढाई भक्तिपूर्वक तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान माँग भनिन् र वाग्मती आदि नदीहरूले 'हामीमा भुक्ति-मुक्ति दिने अधिकार होस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि मातुलेश्वरमा पुगेर दाहिने स्तन पतन भयो । मातुलेश्वर पीठ, योगेश्वरी देवी, पिंगला योगिनी, बुधराधेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा आई कश्यपादि ऋषिहरूले तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन् । ती ऋषिहरूले 'चारै वेद हाम्रा अधीनमा रहून्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि विश्वमा पुगी बायाँ स्तन पतन भयो । विश्वपीठ, भुवनेश्वरी देवी, भुवना योगिनी, कृष्णवर्णेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा श्रीकृष्ण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान माँग भनिन् । श्रीकृष्णले 'तीनै लोकका स्त्रीहरू मलाई देखेर मोहित होऊन' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सतीदेवी अंगघतनं नाम नवमोऽध्यायः ।। ९।।

