Harsamaya
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् । 
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए । 
राप्रपा संसदीय दलको बैठक बस्दै  
राप्रपा संसदीय दलको बैठक बस्दै   बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग्ने विपक्षी दलको तयारी प्रतिपक्षी दलहरूले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ ।
लाखौँ जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन (भिडियोसहित)
लाखौँ जनता सडकमा आए भने एक दिनमै गणतन्त्र समाप्त हुन्छ : लिङ्देन (भिडियोसहित) त्यस्तै कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई अबको बाटो नेतालाई छाड्ने या आफै अगाडि आउने भन्ने आफैमा भर पर्ने बताए । उनले भ्रष्टाचारीका विरुद्ध एकजुट भएर आवाज उठाउने बताउँदै नेपालको संविधानको धारा २८४ खारेज गर्नुपर्ने धारणा राखे ।
पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन 
पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन  ‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने । 
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की
‘बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की ‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । 
पाँचथर पुगेर डा.शेखरले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्‍नोस् 
पाँचथर पुगेर डा.शेखरले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्‍नोस्  ‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो । 
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं? विश्वासको जग स्थिर हुन्छ कि सदाकी लागि ढल्छ उनले लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्चले रिहाइको आदेश दिएको थिएन ।
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस 
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस  गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित)
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित) यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए  ।
Weather Update