माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै
सोमबार, जेठ १२, २०८२
सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
सोमबार, जेठ १२, २०८२
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
दुईवटा संसदीय समितिको बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ ।
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, जेठ १२, २०८२
समसमायिक राजनीतिक विषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्
प्रधानमन्त्रीले दिएको राजधानी कब्जाको निर्देशनले आगोमा घ्यु हाल्ने काम भयो - डा. शेखर
आइतबार, जेठ ११, २०८२
नेपाल प्रेस युनियन पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘राजधानी कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिनु प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो। उहाँको अभिव्यक्ति प्रतिगामी शक्तिका लागि मलजल बनेको छ।’
गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय (भिडियोसहित)
आइतबार, जेठ ११, २०८२
साथै उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए । पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए ।
नेपालको ऐन र कानुनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी
आइतबार, जेठ ११, २०८२
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।
रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने संकेत (भिडियोसहित)
आइतबार, जेठ ११, २०८२
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए ।
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने
आइतबार, जेठ ११, २०८२
सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरूलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
आइतबार, जेठ ११, २०८२
आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । भेला भोलिसम्म चल्नेछ ।
एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै
आइतबार, जेठ ११, २०८२
नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
आइतबार, जेठ ११, २०८२
आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
आइतबार, जेठ ११, २०८२
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ ।
साताको लोकप्रिय

