Harsamaya
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने
नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - क्रियाशिल सदस्यता टुंगो लगाउन भोलि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवारका लागि पदाधिकारी बैठक बोलाएका हुन । 

 सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update