सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुर–बगुवामा सम्पन्न प्रथम वडा अधिवेशनबाट राजेश कृष्ण दाहाल सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
त्यस्तै उपसभापतिमा उषा दुलाल र सचिवमा दिपेन्द्र रिजाल निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा इन्द्रबहादुर सुनार, काजी थापा बहादुर मगर, चिनबहादुर तामाङ, अरुणध्वज कार्की र प्रेमबहादुर तामाङ निर्वाचित भएका छन्।
बुधबार सम्पन्न अधिवेशनले वडा तहमा पार्टी संगठन सुदृढ बनाउने, जनतासँगको सम्बन्ध अझ मजबुत गर्ने र स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा रास्वपा सिन्धुपाल्चोक जिल्ला सचिब चक्रपानी सिग्देल, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ का रास्वपा सभापति निमा याङछेनको उपस्थिति रहेको थियो।

