देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
सो बैठक सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ ।
समसमायिक राजनीतिक विषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।
क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ ०६:५२
प्रतिक्रिया दिनुहोस्